नेपाली कांग्रेसले सुनसरीका दुई केन्द्रिय सदस्य सहित ३७ जना लाई विभिन्न बिभाग प्रमुखको जिम्मेवारी दिएको छ । सुनसरीका केन्द्रीय सदस्य राजिव ढुंगाना र लक्ष्मी खतिवडा लाई काँग्रेस सभापति शेरबहादुर देउवाले बिभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।
आज मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा निकालिएको विज्ञप्तिका अनुसार केन्द्रिय सदस्य ढुंगाना लाई बिध्यार्थी बिभाग प्रमुख र केन्द्रिय सदस्य खतिवडा लाई नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय बिभाग प्रमुखको जिम्मेवारी दिईएको हो ।
ढुंगाना लामो समय सम्म बिध्यार्थी राजनीतिमा थिए भने खतिवडाको बिध्यार्थी राजनीति बाट सुरु भएको राजनीति तरुण दलमा बसेर काम गरिसकेकी छन् । दुबै जना सुनसरीका प्रभावसाली नेता हुन् । खतिवडा सुनसरी १ नम्बर क्षेत्रको प्रतिनिधित्व गर्छिन् भने ढुंगाना सुनसरी क्षेत्र नम्बर २ का हुन् ।






















