गत महिना निर्माण घोषणा भएको फिल्म माइली को शुभमुहूर्त गरिएको छ। सोमबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा गरिएको मुहूर्तमा फिल्मका कलाकारसहितको टिम उपस्थित रहे।
बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, कुसुम शर्मा, अंशु महर्जन, प्रिया रिजाल, शर्मिला मल्ल, गीता अधिकारी, सरिता भण्डारी, सुष्मा लामा, प्रीतिका शर्मा, आश्मा पाण्डे, रेश्मा केसीलगायत कलाकारहरूको अभिनय रहनेछ।
गायिका कमला घिमिरेको यो पहिलो फिल्म हो। निर्देशक बलामीका अनुसार सत्य घटनामा आधारित रहेर यो फिल्म निर्माण हुनेछ। फिल्ममा महिलाको पीडा देखाइने उनले बताए। फिल्मको छायांकन भोलिदेखि सुरू हुने मुहूर्त समारोहमा जानकारी दिइयो। काठमाडौंबाट फिल्मको छायांकन सुरू हुन लागेको हो। रूना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा शंकर अधिकारी ‘घायल’ को गीत, पटकथा र संवाद तथा राजेन्द्र बजगाईंको संगीत रहनेछ। फिल्मलाई शिव ढकालले खिच्नेछन्।




















