अपराजिता फूल (वैज्ञानिक नामः क्लिटोरिया टर्नेटिया) को धेरै औषधीय र सांस्कृतिक महत्त्व छ। यो फूललाई नेपालमा विभिन्न नामले चिनिन्छ, जस्तै गोकर्ण, शंखपुष्पी, र ब्लू पी। यो फूलको विशेषता भनेको यसको सुन्दर निलो रंग र अनौठो आकार हो। अपराजिता फूलको चियामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्टहरू पाइन्छन्, जसले शरीरमा मुक्त कणहरू (फ्री रेडिकल्स) को क्षति रोक्न मद्दत गर्छ।

अपराजिता फूलको प्रयोगले मस्तिष्कको कार्यक्षमता बढाउँछ र स्मरणशक्ति सुधार गर्न मद्दत गर्दछ। यसको सेवनले ध्यान केन्द्रित गर्न सजिलो हुन्छ। े मानसिक तनाव र चिन्ता कम गर्न मद्दत गर्छ। यसले मानसिक सन्तुलन कायम राख्न सहयोग पु¥याउँछ।   रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ, जसले मधुमेह रोगीलाई फाइदा पु¥याउँछ। यस फूलमा पाइने एन्टिअक्सिडेन्ट्सले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यस फूलको सेवनले महिलाहरुको प्रजनन स्वास्थ्यमा सुधार ल्याउँछ।

बनाउने तरिकाः

१, एक कप पानी उमाल्नुहोस्।

२, उम्लेको पानीमा ५–६ वटा अपराजिता फूल थप्नुहोस्।

३,फूललाई ५–७ मिनेट जति उमाल्न दिनुहोस् जबसम्म पानी निलो रंगको नबन्ने।

४, चाहेको भए, मह वा निम्बूको रस थपेर स्वाद बढाउन सकिन्छ।

५,छानेर तातो तातो पिउनुहोस्।

नेपालमा अपराजिता फूललाई पूजा पाठमा विशेष महत्त्व दिइन्छ। विशेष गरी दुर्गा पूजा र सरस्वती पूजामा यस फूलको प्रयोग गरिन्छ। यस फूललाई शुद्धता र दिव्यता को प्रतीक मानिन्छ।

अपराजिता फूललाई सौन्दर्य प्रसाधनमा पनि प्रयोग गरिन्छ। यसले छालालाई ताजा र चमकदार बनाउन मद्दत गर्छ। यसको अर्कले छालाको समस्याहरु जस्तै दाग, पिम्पल्स, र एजिंग लाई कम गर्न सहयोग पु¥याउँछ।

अपराजिता फूलको बिरुवा सजावटका लागि पनि लोकप्रिय छ। यसको सुन्दर निलो रंगका कारण यसलाई बगैंचामा रोप्ने गरिन्छ। यो सजिलै बढ्ने र कम हेरचाहमा पनि फुल्ने बिरुवा हो।

यसरी, अपराजिता फूलको औषधीय, सांस्कृतिक, धार्मिक, र सौन्दर्य प्रसाधनमा बहुउपयोगिता रहेको छ। यसको नियमित प्रयोगले शारीरिक, मानसिक, र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।

यसले शरीर र मनलाई स्वस्थ राख्न मद्दत गर्छ। दैनिक जीवनमा अपराजिता फूलको चिया समावेश गरेर स्वास्थ्य र ताजगीको अनुभव गर्न सकिन्छ