बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेका छन्। उनी यतिबेला अभिनयबाट टाढिएर शान्त जीवन बिताइरहेका छन्। यसैबीच उनका छोरा जुनैद खानले बलिउडमा डेब्यू गरेका छन्। उनले फिल्म ुमहाराजु बाट बलिउडमा डेब्यू गरेका हुन्। तर अब आमिर खान भने फिल्मबाट सन्यास लिँदैछन्।  उनका छोरा जुनैदले एक अन्तर्वार्तामा भने, ुमैले पिकेको सेटमा क्यामेराको पछाडि काम गरेको थिएँ। यसपछि मैले विज्ञापन पनि सुट गरेको थिएँ। महाराजपछि हामी आमिर खान प्रोडक्सनबाट ुलापता लेडीजु बनाइरहेका थियौं। त्यतिबेला उहाँले म रिटायर हुँदैछु, तिमी यो काम सम्हाल भन्नु भयो। यसैक्रममा मैले आमिर खान प्रोडक्सनको काम सम्हालेको हुँ।ु आमिर फिल्मी गतिविधीबाट समेत टाढा बस्न चाहन्छन्। उनले प्रोडक्सनको काम आफ्नो छोरालाई सुम्पिएका छन्। यतिबेला जुनैद फिल्म ुप्रीतम प्यारेु निर्माण गर्दैछन्।