मोडल तथा अभिनेत्री सना मकबुल ‘बिग बोस ओटीटी ३’ को विजेता बनेकी छिन् । शुक्रबार भएको ग्रान्ड फिनालेमा सानाले र्‍यापर नेजीलाई पराजित गरेकी हुन् । विजेताका रूपमा सानाले ट्रफी र २५ लाख रुपैयाँ हात पारिन् ।


ट्रफी जितेपछि साना भावुक बनेकी थिइन् । उनले त्यहाँ उपस्थित आमालाई अँगालो हालिन् । सनाकी बहिनी र कथित प्रेमी श्रीकान्त बुरेड्डी पनि उनलाई समर्थन गर्न सेटमा उपस्थित थिए।


र्‍यापर नेजी फर्स्ट र रणवीर शोरी यस सिजनका सेकेन्ड रनरअप बने। कृतिका मलिक र साई केतन राव पहिले नै शीर्ष ५ बाट बाहिर भएका थिए ।

सना तीन कारणले शोमा चर्चामा रहिन् । र्‍यापर नेजीसँगको उनको सामीप्य, रणवीर शोरेसँगको उनको रमाइलो सम्बन्ध र युट्युबर शिवानी कुमारीसँगको उनको बहस ।

सना बिग बोस ओटीटीमा आउनुअघि ुखतरों के खिलाडी ११ु को प्रतियोगी पनि थिइन् । सनाले ुकितनी मोहब्बत है २ु र ुइस प्यार को क्या नाम दूँु जस्ता टिभीमा धेरै शो गरिसकेकी छन्। 


उनले सन् २०१४ मा तेलुगु फिल्म ुडिक्कुलु चुडाकु रमैयाु बाट साउथ डेब्यू गरेकी थिइन्।