हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको छ।
मनसुनको प्रभावले शनिबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेशमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले दिउँसो कोशी,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा दिउँसो भारी वर्षाका साथै कोशी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ।




















