राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को दुईदिने बन्द कार्यशाला आजबाट सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् ।
साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला ९क्लोज क्याम्प० सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज बिहान ७ बजेदेखि कार्यशाला सुरु गरिएको हो ।
कार्यशाला भोलि पनि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ ।




















