केरलाका कृषि फर्महरुमा नेपालीहरुले पनि काम गर्दछन् । तर यो बाढीपहिरोमा नेपालीहरु परेरनपरेको अझै स्पष्ट हुन सकेको छैन ।

खोज तथा उद्धारमा सेना, नौसेना, वायु सेना, आपदा मोचन बल सहितका उद्धारकर्मीहरु परिचालन गरिएको छ । उद्धार टोलीले २५० भन्दा बढीलाई जोगाएको बताइएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आई अध्यक्ष एवम् वायनाडका सांसद राहुल गान्धी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने जनाएको छ ।

केही दिनदेखि नै केरलाका विभिन्न स्थानमा भारी वर्षा हुँदै आएको थियो । आपदा प्रबन्धन विभागले ३० जुलाईको दिन वायनाड, कोझीकोड, मल्लापुरम, कन्नुर लगायतका क्षेत्रमा खतराको संकेत स्वरुप रेड अलर्ट जारी गरेको थियो । मौसम विभागका अनुसार ती क्षेत्रमा २४ घण्टाको अवधिमा २०४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

भारतको केरला पहाडी इलाका हो । यहाँ ठूलो संख्यामा पर्यटकहरु पुग्ने गर्दछन् । सन् २०१८ मा केरलामा आएको बाढीपहिरोमा ५०० जनाको मृत्यु भएको थियो ।