हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । 

आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी,  प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । 

काठमाडौं उपत्यकामा बाढी

काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ। गएराति देखिको अविरल वर्षाका कारण बागमती नदी, हनुमन्ते खोला, गोदावरी खोला, मनोहरा खोलामा बाढी आएको आएको हो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती नदीको जलसतह ललितपुरको खोकनामा खतराको तह पार गरेको छ।

त्यहाँ बागमती नदीको जलसतह ५.५९ मिटर पुगेको छ।

त्यस्तै गौरीघाटमा सतर्कता तह पार गरेको बागमतीको जलसतह २.३४ मिटर छ। हनुमन्ते खोलामा पनि जलसतह खतरा तहभन्दा माथि रहेको महाशाखाले जनाएको छ। हनुमन्ते खोला भक्तपुरको जगातीमा र कौशलटारमा जलसतह खतरा तह पार गरेको छ।

मनोहरा खोलाको जलसतह बालकुमारीमा ५.३५ मिटर पुगेको छ भने ललितपुरको थाइबामा गोदावरी खोलाले खतरा तह पार गरेको छ। 

bagmati-badhi-2-1722388783