हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। पछिल्लो २४ घन्टामा सुनसरीको धरानमा भारी वर्षा भएको छ। त्यहाँ ८२ मिलिमिटर वर्षा भएको छ। इलामको सोक्तिम चिया बगान क्षेत्रमा पनि भारी वर्षा भएको छ। त्यहाँ ७३.६ मिलिमिटर पानी परेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।




















