ताप्लेजुङमा भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४/१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएरनपुर्‍याएको विवरण प्राप्त हुन सकेको छैन ।

२०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्र केन्द्रबिन्दु भई ६।९ म्याग्निच्युडको भूकम्प जाँदा नेपाल र भारतका गरी १११ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए  ।