सनातन हिन्दु धर्मावलम्वीहरुले श्रावण महिनाभरी मनाउने वोलवम आज पहिलो सोमवार देखी सुरुभएको छ । पहिलो सोमबार आज पुर्वीे नेपालका शिवालयहरुमा श्रद्दालुहरुको घुइचो लागेको छ । पुर्वीे नेपालको पशुपतिको रुपमा परिचित झापाको अर्जुनधारा , पुर्वको प्रमुख धार्मिक तिर्थ स्थलको रुपमा रहेको धरान स्थित पिण्डेश्बर वावाधाक , खोटाङको हलेसी लगाएतका पुर्वी नेपालका शिवालयहरुमा श्रद्धालुहरुको श्रावण महिनाभर भिडलाग्ने गर्दछ ।
श्रावणको महिना तथा सोमबार पवित्र भई गेरु वस्त्र लगाएर नजिकका तलाउ या नदि वाट जल लिई शिवको आधाना तथा जल चढाउदा मनोकामाा पुरा हुने जनविश्वासका साथ सोमबार शिवालहरुमा श्रद्धालुहरुको भिड लाग्ने गरेको हो ।
पुर्वाञ्चलकै प्रमुख धार्मिक स्थलको रुपमा रहेको प्रतिष्ठित पिण्डेश्वर मन्दिरमा रहेको शिव लिङ्गमा जल चडाउने हरुको भिड लागेको छ । आइतबार धर्मालम्बीले गेरु वस्त्र धारण गरी खाली खुट्टा सुनसरीको चतरास्थित सप्तकोशी वाट जल ल्याई धरानमा रहेको पिण्डेश्वर बाबाधामको शिवलिंगमा चढाउने परम्परा रहेको छ ।
भगवान शिवले समुद्र मन्थन गरेर निस्कीएको अमृतको मुख्य पिण्डनै धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर वावा धाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख छ । त्यसैले पनि यो विण्डेश्वर वावाधाम प्रति हिन्दुधर्मावलम्वीहरुमा ठुलो विश्वास छ । त्यसैले सुनसरीको चतरा नजिकैको सप्तकोशी नदीवाट खाली खुटटा पैदल हिडेर यहा साउन महिनाको सोमवार सोमवार जल चढाउनेहरुको ओईरो लाग्ने गर्दछ ।




















