धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार असार ३०० ३५.०९ अंकले घटेको छ । नेप्से परिसूचक १.२७ प्रतिशतले घटेर २७२५.७१ विन्दुमा बन्द भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । कारोबार रकम तीन अर्ब २४ करोड ४२ लाख रुपैयाँले घटेको छ । आठ अर्ब १७ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
आइतबार ९असार २९० ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आज ५० कम्पनीको सेयर मूल्य बढेको छ । १९८ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर समूहको परिसूचक बढेको छ । यो समूहको परिसूचक ०।१५ प्रतिशतले बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।




















