जाजरकोटको नलगाड नगरपालिकामा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका वडा नम्बर ७ चामाखेतका २२ वर्षीय शिशिर चन्द रहेको जाजरकोट प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार सोमबार बिहान करिब १०ः३० बजे नलगाड नगरपालिका वडा नम्बर ४ गाडेखोलामा चन्द पोलमा चढेर विद्युतको तार मर्मत गरिरहेका थिए ।  सोही क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनको पोलमै झुन्डिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक चन्द ज्यालादारीमा काम गर्ने मजदुर भएको बुझिएको छ । 

उनको शव पोष्टमार्टमका लागि दल्लीस्थित नगर अस्पतालमा राखिएको छ ।