इटहरी । आज काङ्ग्रेसमा युवा नेताले स्थान पाए पाएनन भन्ने विषय विश्लेषण हुने हो भने केही शशक्त युवाहरु याद आउछन । गगन थापा, विश्वप्रकाश शर्मा, गुरु राज घिमिरे,धनराज गुरुङ्ग , प्रदिप पौडेल, बद्री पाण्डे,जितजङ बस्नेत, किशोर सिंह राठोर,  प्रतिमा गौतम ,लक्ष्मी खतिवडा लगायतका युवाहरुको तस्विर काङ्ग्रेसजन र अन्यमा झलझली आउँछ।आज काङ्ग्रेस संकटमा छ । एकातिर संघीय संरचना बमोजिमको स्वरुपमा पार्टी र पार्टीको भात्री तथा शुभेच्छुक संस्थाको सङ्गठन निर्माण गरि कार्यान्वयन गर्नुपर्ने छ भने अर्को तर्फ सङ्गठन विस्तार गर्दै पार्टीलाई शशक्त बनाउने मात्र हैन देशलाइ नया शताब्दीको लोकतान्त्रिक शासन प्रणालिमा लगेर देशमा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै चीन र भारतको ठूलो बजारलाइ सदुपयोग गर्नेगरी अन्तरास्ट्रिय स्तरको कम्पनी हरु खोली उत्पादित सामानहरु बेचेर नाफा कमाउने गरिको औधोगिकिकरण  गर्नु छ।  यस तर्फ हामी अगाडि  बढ्न सकेको छैनौ। 

भाषणवाज युवा नेताहरु माइक भेट्दा ठूलो स्वरमा कुर्लनु हुन्छ, उपस्थित सहभागी राम्रो भाषण भनेर गडगडाहट ताली बजाउछौ।भाषण तुलना शिर्षक उहीँ ;गुट उपगुट हुनुहुदैन ।काङ्ग्रेस एक भएर जानुपर्छ । ओहो अनि सहभागी मक्ख  गुट उपगुट अब सकिएला ।तर केही हुन्न ।मोफसलमा  प्रमुख अतिथी भएर आउदा मात्र हो यी युवा नेताहरु कुर्लने। काठमाडौ पुगेपछि उहीँ दिनचर्या बिहान ६ बजे उठ्यो अनि १०÷११ बजेसम्म काङ्ग्रेसका नेताहरुको घर घर धायो । काठमाडौका नेता काङ्ग्रेस मैत्री छैनन । आफ्नो ढोका अगाडि कुर्ने कार्यकर्ता, आफ्नो गुणगान गाउने कार्यकर्तालाई मात्र कार्यकर्ता देख्छ्न ।ती नेताहरुले जब सम्म पार्टीका स्थानीय नेता ती हुन जो जनताको घरदैलोमा हुन्छ्न भन्ने बुझ्दैनन तब सम्म पार्टी अगाडि बढ्न सक्दैन ।

देशको शासन ब्यवस्था यदि अन्य कुनै स्थान राजधानी भएर सन्चालन हुन्थ्यो भने साच्चै नेपाल कहाँ पुग्थ्यो। जब कुनै शासनप्रणालीले सन्तुष्टि दिन सक्दैन तब जनता निरास हुन्छ्न । जनतामा डर हुन्छ अनि  धर्मको नाउमा , जातका नाममा , लिङ्गका नाममा ,भुगोलका आधारमा विभक्त हुन्छ्न । सबैमा शंका छ? मेरो अधिकार सुरक्षित नहुने हो कि भनेर । नेपाली भन्ने भाव हराएर जात, धर्म , लिङ्ग , भुगोल तिर हामी आफ्नो सोच बदल्दै छौ।

पार्टी भित्र गुट उपगुट बाटै हरेक नेता कार्यकर्ता असुरक्षित महसुस गर्दैछन ।  जनतामा सपना छैन , आशा छैन, विश्वास छैन ।उत्कृष्ट ब्यवस्था भनी बुझाएको व्यवस्थाले समेत जनतालाइ गतिशील बनाउन सकेको छैन ।विश्वास दिलाउन सकेको छैन ।यो समाजवाद तर्फको यात्रा लोकतान्त्रिक हुने हो कि स्वरुप बिहिन केही टुंगो छैन । 

यहाँ म निराशाको कुरा मात्रै हैन ,नेतृत्वमा पुगेका युवा नेताहरु समेत अवसरको लागि गुटबन्दीमा लागि शिर्ष नेता सम्मलाइ सहि मार्गमा हिड्न नदिएको प्रती क्षोभ प्रकट गर्न चाहान्छु। हजुरिया बजाउन ,हाजिरी जताउन बिहान बिहान शिर्ष नेताको घरमा कुरा लगाउन कोही पुगेको छ त युवा नेताहरु नै पुगेका छन।आफ्नो स्वार्थकोलागी, पदकोलागी लडाइ लडि गुटको हवाला दिई शिर्ष नेतालाइ कसैले दिगभ्रमित गरेको छ त युवा नेताले नै गरेको छ।केही युवा नेता छन जो सत्य बोल्छन,गल्ती औल्याइदिन्छन , हजुरिया बजाउदैनन,हाजिरी जताउदैनन ।ती नेतृत्वबाट बाहिर छन कुनै शिर्ष नेताको हात तिनिहरुको थाप्लोमा छैन ।सडकमा छन ,कार्यकर्ता माझ छन ।तिनिहरुलाइ पार्टीले दिने पद सेवा सुविधा प्राप्त छैन ।

यसरी शिर्ष नेतृत्वलाई गलत सल्लाह दिने ,गल्ती न औल्याउँदिने ,सधै राम्रो गर्नुभयो भनी गलत कदममापनि प्रोत्साहन दिने युवाको कारण पार्टी यो दुर्गतिमा पुग्यो । अब युवा चिन्नु जरुरी छ।जो युवा, नेताको आछापिछा छ ,सधै नजरमा छ,भान्सामा छ,बेलुकाको खानपिनमा छ उ जनता माझ छैन।जनता माझ नभएका तिनिहरु नेताको वरिपरि हुन्जेल पार्टी दुर्गतिमा पुग्छ।त्यसैले अरुको बिरुद्ध कुरा ल्याउनेलाइ प्रोत्साहन हैन ,गाली ।कार्यकर्ता माझ रहेर सङ्गठन गर्नेलाइ ताली । दिने नीति ल्याउनु पर्छ।   

हिजो गगन थापाले कृष्णप्रसाद सिटौलाको विश्व प्रकाश शर्माले वर्तमान पार्टी सभापतिको , धनराज गुरुङ्ग,प्रदिप पौडेल,बद्री पाण्डे,कल्याण गुरुङ्गले वरिष्ठ नेता रामचन्द्र पौडेलको धोतिको फेरो समाएर केन्द्रिय सदस्य जितेको हामिले देखेकै हो । पछिल्लो अधिवेशनमा पनि सभापति  शेरबहादुर देउबा, डा शेखर कोइराला , प्रकाशमान सिंह , बिमलेन्द्र निधि , कृष्ण सिटौला को घर डेरामा धाए पुगेकै हो । अहिले पनि त्यही कसरत जिवित छ । आफू स्थापित हुन कस्को फेरो समाउने भनेर दौड धुप छ । त्यसैले गुट उपगुटको बजारमा ग्राहक पर्याप्त छ ,कमि छैन । युवाहरु एक हुनसक्ने अवस्था छैन । गुट उपगुटको ब्यक्ती भएरै खिचडी पकाउन सबै लागेकै छ्न । गुटबन्दी हैन सबैको साझा  ब्यक्ती भएर चुनाव उठ्न आट हिम्मत गर्ने युवाहरु पार्टीमा अगाडि बढ्न जरुरी छ।  युवाहरु जो अवसरकोलागि युवाहरुको हवाला दिएर युवालाइ वलि चढाएर आफू सफल भएर पार्टीको  भविश्य पछाडी धेकेल्न उधत छन त्यस्ता हुडार बाट पार्टीलाइ बचाउन जरुरी छ ।हजुरिया असक्षमले बजाउछ। अब गफ र भाषणमा गुट उपगुटको अन्त्य हैन ब्यबहारमै उतारौ योजना,लक्ष्य ,आशा , आत्मावल,केही गर्ने इच्छा सहितको सैद्धान्तिक र वैचारिक रुपमा तयार कार्यकर्ता  भरिभराउ पार्टी बनाउन सके केही हुन्छ।विधान भित्र सबै धर्म ,सबै बर्ग ,सबै जात ,सबै लिङ्ग , सबै भुगोल अटेको महसुस हुन जरुरी छ। कसैले काखा वा पाखा गरेको महसुस नगर्ने गरिको पार्टी बनाउन जरुरी छ । 

गुटको नाममा कुरा लगाएर शिर्ष नेतालाइ भ्रममा पार्न र मनोनित पद खान सफल सबै युवा नेता पार्टीका असली शत्रु हुन ।तिनिहरुको  सल्लाह भावी दिनमा पार्टीलाई महङ्गो पर्छ। उपयुक्त मान्छे,उपयुक्त पदमा पुग्न पुर्याउन जरुरी छ। कि मुलुक आटले खान्छ ,कि मुलुक ढाटले खान्छ भन्छ्न । आट वालाले र उपयुक्त मान्छेले खाए हुन्थ्यो । 

रमेशकुमार पोखरेल ,महाधिवेशन प्रतिनिधि ,नेपाली काङ्ग्रेस सुनसरी