लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती नेपाली साहित्यमा महान योगदान पुर्‍याउने नेपाली साहित्यकार, कवि, र निबन्धकारको स्मरणमा मनाइन्छ। वि।सं। १९६६ कार्तिक २७ गते काठमाडौंको मैतीदेवीमा जन्मिएका देवकोटा नेपाली साहित्यमा अद्वितीय प्रतिभा हुन्। उनलाई महाकवि को उपाधि दिइएको छ, र उनका काव्यिक तथा साहित्यिक कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाएको छ।

देवकोटाको लेखनमा मानवतावाद, प्रेम, राष्ट्रियता, र प्रकृतिप्रेम झल्किन्छ। उनको प्रसिद्ध महाकाव्य मुनामदन ले नेपाली समाजको पीडालाई अभिव्यक्त गर्छ। पागल, शाकुन्तल,सुलोचना, सपना, यात्रा, पुष्पवृष्टि, लगायतका कविता, निबन्ध र नाटकमा उनले गहिरो दार्शनिकता, संवेदनशीलता, र काव्यिक कौशलता देखाएका छन्।

महाकवि देवकोटाको व्यक्तित्वलाई सम्झिँदा उनको संघर्षपूर्ण जीवनलाई नजरअन्दाज गर्न सकिन्न। पारिवारिक आर्थिक अभावका बीच पनि उनले साहित्यको साधना निरन्तर गरे। कवितामा दार्शनिक गहिराइ र सरलता मिसाएर सबैलाई छुन सक्ने लेखनले देवकोटालाई नेपाली साहित्यको शिखरमा पुर्‍यायो। उनले साहित्य सधैं मुक्तिको पक्षमा हुनुपर्छू भन्ने धारणा राख्दै समाज सुधार र चेतनाको पक्षमा आफ्ना कृतिहरू समर्पित गरे।

नेपाली साहित्यमा उनले सिर्जना गरेको मुनामदन जस्ता काव्य अमर छन्, जसले हामीलाई सदियौंदेखि प्रेरणा दिइरहेको छ।