विश्व फोटोग्राफी दिवस हरेक वर्षको अगस्त १९ तारिखमा मनाइन्छ। यस दिनको उद्देश्य फोटोग्राफीको महत्त्व, यसको इतिहास, र यसले समाजमा पारेको प्रभावलाई स्मरण गर्नु हो। फोटोग्राफीले दृश्यहरूलाई कैद गरेर स्मृतिहरूलाई जोगाउने मात्र नभई समाजमा परिवर्तन ल्याउने शक्तिशाली साधनको रूपमा पनि काम गरेको छ।
नेपालमा पनि विश्व फोटोग्राफी दिवस विशेष कार्यक्रमहरू, कार्यशाला, र प्रदर्शनीहरू गरेर मनाइन्छ। नेपालका विभिन्न ठाउँहरू, संस्कृति, र परम्पराहरूलाई विश्वसामु चिनाउने माध्यमको रूपमा फोटोग्राफीको योगदान महत्वपूर्ण छ। हिमाल, पहाड, तराई, तथा सहरका जनजीवनलाई क्यामेराको माध्यमबाट विश्वभर पु¥याउनुमा नेपाली फोटोग्राफरहरूको ठूलो भूमिका रहेको छ।
सामाजिक सञ्जालहरूको विकाससँगै फोटोग्राफीले नयाँ आयाम पाएको छ। हरेक व्यक्तिले आफ्नो मोबाइल फोनमार्फत क्षणलाई कैद गर्न सक्ने भएका छन्। यसले मात्रात्मक रूपमा फोटोग्राफीलाई प्रगति गराएको छ, तर गुणात्मक रूपमा पनि यो चुनौती र अवसर दुवैको रूपमा देखिएको छ।
विश्व फोटोग्राफी दिवसले हाम्रा फोटोग्राफरहरूलाई प्रोत्साहन गर्ने, नयाँ प्रविधिको बारेमा जानकारी दिने, र नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले फोटोग्राफीको माध्यमबाट समाजलाई एकीकृत गर्न र हाम्रो सांस्कृतिक धरोहरको संरक्षण गर्न महत्वपूर्ण योगदान दिन सक्छ।
वेदराज पौडेल
अध्यक्ष ,नेपाल फोटो पत्रकार महासंघ कोशी प्रदेश
फोटो पत्रकारिता गर्न निकै चुनौतिहरू छन । जस्तो कि आन्दोलन वा झडपको बेला आफू र आफ्नो क्यामेरा लगायतको इकुमेन्टको सुरक्षाको चुनौति हुन्छ । अर्को तिर क्यामेरामा पत्रकार आफैंले लगानी गर्नु पर्छ । अनि ईन्स्योरेन्स पनि आफैं गर्नुपर्छ । तर पत्रिका, अनलाइन वा टेलिभिजनले दिने पारिश्रमिक भने न्यून हुन्छ । एउटा पत्रकार र फोटो पत्रकारको बिचको पारिश्रमिक फरक हुनु पर्छ । फोटो पत्रकारले अन्यले भन्दा बढी पारिश्रमिक पाउनु पर्छ ।
फोटो पत्रकारिता एउटा सत्यको उजागर गर्ने पेशा भएकाले र आम दर्शकले विश्वास गर्ने भएको कारण यसप्रति आकर्षक छ । किनकि अरूलाई निषेध भएको क्षेत्रमा फोटो पत्रकारलाई सहज प्रवेश हुन्छ । घटनाको प्रत्यक्षदर्शी हुन पाउनु र फोटो र दृष्य प्रति जनताको विश्वासको कारण पनि यश प्रतिको आकर्षण हो ।
पहिले र अहिले फरक भएको छ । अहिले डिजिटलमा धेरै राम्रो गर्न सकिन्छ । पहिलेको रिलवाला एनालग प्रविधि झन्झटिलो थियोे । फोटो खिचेर, रिल काटेर, धुलाएर, स्क्यान गरेर बल्ल फोटो पठाउनु पर्थ्यो । फोटो कस्तो खिचियो थाहा हुदैनथ्यो । अहिले सबै लाईभ थाहा हुन्छ । क्यामेराबाटै सोझै खिच्नासाथ पठाउन मिल्छ । अहिले सजिलो भएको छ । तर एआई र एडिटिङको कारण केही चुनौती थपिएको छ ।
नयाँ आउनेहरूलाई अध्ययन गरेर फोटो पत्रकारिता बुझेर आउन आग्रह गर्छु । फोटो पत्रकारलाई अरूलाई भन्दा बढी चुनौति छन । लगानी पनि गर्नुपर्छ प्रतिफल पनि कम हुन्छ । त्यसैले दक्ष भएर आउदामात्र टिक्न सकिन्छ
सानै उमेरमा फोटोग्राफी पेशा लाई अंगालेका राज क्षेत्री
हालैको अबस्थालाइ नियाल्ने हो भने फोटोग्राफीमा चुनौती त छैन, तरपनी यो ब्याबसायिक रुपमा गर्दा कुन प्रकार को फोटोग्राफी गर्ने हो तेस्ले असर गर्छ पछिल्ला समयमा बढ्दो सामाजिक देखिएका नया नया अवधारणाले यस्तो चाहियो उस्तो चाहियो भन्दै माग गर्ने र हामिलाइ पनि त्यसै अनुसार काम गर्न सहज र अझै हौसला बढिरहेको छ, लगानी गर्दा क्यामरा हरु एकदम महँगो हुने हुर्दा सुरुवाती दिन मा चै अलिक अप्ठ्यारो नै हुन्छ, तर काम अनुसारको उचित कदर हुदा आफुलाई खुसी लाग्छ ।
मैले आज भन्दा ७ वर्षा अगाडि सुरिवात गर्दा यतिको के्रज थिएन अहिले सामाजिक सञ्जालले गर्दा मानिस हरु फोटो प्रति आर्कषित भएको देखिन्छ ।
अब नया यो काम लाई ब्याबसाय बनायर आउनेलाइ चै उचित यहि सम्बन्धि सिक्षा हासिल गरेर या विभिन्न तालिम भैरहेको हुन्छ उक्त तालिम हरु बाट फोटोग्राफीमा सम्बन्धि तालिम राखेर सुरुवात गर्नु जरुरी हुन्छ , फोटोग्राफी अध्यानका लागी केहि स्थानमा मात्र छ र त्यो पनि एकदम महङो छ , र पनि आफ्नो इच्छा हुदा पहिला पढेरै गर्दा राम्रो हुन्छ ।
रिकेस बज्राचार्य फोटोग्राफर
बिगत ७ बर्ष देखि यहि पेशामा आबद छु ।सूरुवात दिनमा रहर लागेर अंगालेको यो पेशा अहिले व्यवसायिक रुपमा अगाडि बढेको छ । फोटोग्राफीमा चुनैति भएपनि यसलाइ ध्यानपुर्वक गर्दा राम्रो आमदानी गर्न सकिन्छ । पहिले फोटोग्राफएर हरु अलि कम थिए तर अहिले सामाजिक सञ्जालमा फोटो प्रति बढ्र्््दै गएको मोहले यो पेशा धेरैले अंगालेको पाउछु ।
फोटोग्राफी पेशामा आउने हरुलाई यस्लाइ सोख को रुप मा नगरी व्यावसायिक तिर पनि लगौ काम गर्दै जादा अनुभव बध्दै जान्छ र काम गर्न पनि सहज हुन्छ ।




















